नवलपरासीमा बस दुर्घटना, ६ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता –

नवलपरासी। नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा ५१ जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा निधन भएको जनाइएको छ। मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

लु १ ख ८४५४ नम्वरको यात्रुवाहक बस इटहरीबाट भैरहवाका लागि जाँदै थियो। बस आइतबार बिहान करीब ५ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

दशैंको टीका थापेर फर्किएका यात्रुहरु चढेको बस खचाखच भरिएको थियो। क्षमताभन्दा बढी यात्रु बोकेको हुनाले बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25336