अमेरिकामा नेपाली महिलाको पोलो खेलाडी टिमलाई सफलता

विजय थापा

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी नेपाली मूलकी पोलो महिला खेलाडी केमिका भण्डारीको टोलीलाई सफलता मिलेको छ।

अक्टोबर २० तारिख सम्पन्न पोलो मैत्रीपूर्ण प्रतियोगितामा भण्डारीको टिम बिजयी भएको हो।

अमेरिकाको मेरिल्याण्ड राज्यको पश्चिमी भागमा अवस्थित पुल्सभिल शहरमा सम्पन्न पोलो चक्करमा भण्डारीको खेल टोली ९-८ गोलले बिजयी भएको थियो । चार वटा खेल समूहबीच भएको प्रतियोगितामा भण्डारी कंग्रेसनल पोलो क्लबबाट खेलेकी थिइन्। कंग्रेसनल पोलो क्लबले समरहिल पोलो कल्बलाई मैत्रिपूर्ण खेलमा हराएको थियो।

भण्डारीको टोलीका ३ जना र विपक्षका ३ जना गरेर ६ जना खेलाडीहरु रहेका थिए । उक्त खेलमा पुरुष तथा महिला दुवैले खेल्न सक्ने छन् भने उक्त खेलमा एक निर्णायक रहेका थिए । उक्त खेलमा १० मिनेटको मध्यान्तर रहेको थियो।

आयोजकले मैत्रिपूर्ण खेलमा सहभागी हुने सबैलाई मायाको चिनो स्वरुप मग प्रदान गरेको थियो।

सम्भवतः भण्डारी अमेरिकामा पोलो खेलमा नेपाल समेत सहभागी भएको एक मात्र महिला नेपाली खेलाडी हुन्।

भण्डारी आफ्नै खर्चले कहिले बर्दिया पुग्छिन भने कहिले चितवन सौराहामा समेत गएर हात्ती पोलो प्रतियोगितामा सहभागी हुन्छिन्। र बिजयी समेत भएर फर्किन्छिन । यसको अतिरिक्त भण्डारी गल्फ खेलाडी पनि हुन् उनी प्रतियोगितामा भाग लिदै आएकी छन्।

गत बर्ष चितवनमा भएको हात्ती पोलो प्रतियोगितामा भण्डारलाई उत्कृष्ट खेलाडी घोषित गरिएको थियो। भण्डारी डीसी महानगर क्षेत्रमा स्थापित नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर नेसनलकी कोषाध्यक्ष तथा सामाजिक कार्यकर्ता पनि हुन्।





Comments

comments

Leave a Reply

25344