२५० मिटर सडक बनाउन ६ वर्ष

काठमाडौं महानगरपालिकाको व्यस्त ठाउँमध्ये एक हो कालीमाटी  । तरकारी बजार नपुग्दै सालिक छ, जहाँबाट टंकेश्वर जाने सडक छुट्छ।

६ वर्षदेखि यो सडकमा कि धूलो हुन्थ्यो कि त हिलो । सडककै कारण स्थानीयको व्यापार पनि खस्किएको थियो, धुवाँ र हिलोको सास्ती भनिसाध्य थिएन । स्थानीय सरकार आए पनि वडाध्यक्षको धेरै प्रयासपछि मात्र झन्डै अढाई सय मिटरको यो सडक पिच हुन लागेको छ।

वडानम्बर १३ का अध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार सडक विस्तारक्रममा ६ वर्षअघि यो सडक फराकिलो बनाउने भन्दै भत्काइयो । त्यसपछि न स्थानीयले प्रस्तावित १४ मिटर फराकिलो बनाउन दिए, न भत्काइएको सडक पिच भयो। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

25369