वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति

काठमाडौं – सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ।

यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने जानकारी दिए।

‘वैदेशिक रोजगारीमा जानेले मंसिरदेखि आफ्नै प्रदेशबाट सेवा पाउनेछन्’, उनले भने । वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ।





Comments

comments

Leave a Reply

25371