जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल

काठमाडौं – निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरेका समीरमान सिंह बस्नेतले जलेबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ।

प्रहरीले सोही हत्या अभियोग लागेका तीन जनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका गतिविधि सञ्चालन गरेको खुलेको खबर नागरिक दैनिकमा छापिएको छ।

पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ।

बस्नेत समूहबाट फोन आउन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए।

उनीहरुको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25438