कस्तो छ प्रधानमन्त्रीलाई ? शरीर सुन्निएको छ, अनुहार र छाती रातो भएको छ

काठमाडौँ । छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख छ।

दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

सेन्टरका निर्देशक प्रा. डा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरुले प्रयास गरिरहेको बताए।

दसैँको भिडभाडकै कारण मौसमी फ्लुको संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमानै उपचार गरेका थिए। रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ।

यस्तो छ स्वास्थ्य रिपोर्ट

प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । रगतमा चिनीको मात्रा असन्तुलित छ । तर, मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ । ज्वरो भने आएको छैन । चिकित्सकका अनुसार स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । प्रधानमन्त्रीको स्वास्थ्यको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको हो।

उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमी भन्छन्, ‘अहिले मुटु र मिर्गौलाको समस्या छैन’।





Comments

comments

Leave a Reply

25444