आफैं मन्त्री आफैं ठेकेदार

सुर्खेत – कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन्।

उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्।

खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक ५ गतेको परिपत्रअनुसार ती योजना अब प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण हुनेछन्। खत्री सोही मन्त्रालयका विभागीय मन्त्री हुन्। कान्तिपुरमा खबर छापिएको छ।





Comments

comments

Leave a Reply

25448