पूर्वसांसदले खोले अस्पताल

जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो।

सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले बताए। उनले मंसिरभित्र अस्पतालको भौतिक पूर्वाधारका सबै काम सकिने दाबी गरेका छन्। ‘कम्तीमा एक जना एमडीजीपी गरेको डाक्टर राखेर सामान्य खालका शल्यक्रियासहित सेवा उपलब्ध गराउने तयारीमा छौं’, उनले भने।

सांसदकै अगुवाइको संस्था कुमारी ट्रस्टले सञ्चालन गर्ने अस्पतालमा मासिक कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। डाक्टर र स्टाफका लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेरेटर राख्ने भवन पनि निर्माण गरिएको छ। भूकम्पप्रतिरोधी भवन निर्माणसँगै अस्पतालका लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाँका उपकरण पनि किनिएको खबर अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25473