निर्मलाको सम्झनामा दीप प्रज्वलन


बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा अधिकारकर्मीहरू र कांग्रेसनिकट महिला संघले दीप प्रज्वलित गरेका छन् । घटना भएको एक सय दिन बितिसक्दा समेत सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन।

महिला संघले निर्मलाको शव भेटिएको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा र महिला अधिकारकर्मीले मदन चोकमा दीप प्रज्वलन गरेका हुन् । ‘निर्मला हत्या भएको १०० दिन’ लेखिएको घेरा बनाएर मैनबत्ती बालिएको थियो । दुवै कार्यक्रममा निर्मलाका आमाबाबु, भाइबहिनीसमेत सहभागी थिए ।

महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारतीले सरकारले दोषीलाई संरक्षण गरेको आरोप लगाइन् । ‘एउटा अवोध बालिकाको हत्या भएको सय दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक गरिएको छैन,’ उनले भनिन्, ‘सरकारले नै हत्याराको संरक्षण गरेको छ ।’ अधिकारकर्मी शारदा चन्दले सरकारले कञ्चनपुरवासीलाई न्याय दिन नसकेको भन्दै फेरि पनि सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाइन् ।

विभिन्न समितिले सरकारले निर्मला हत्याकाण्डको छानबिन गरिरहे पनि अपराधी पत्ता लाग्न सकेको छैन । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डमा संलग्न रहेको आशंकामा डिएनए परीक्षणका लागि थप चारजनाको रगतको नमुना पठाएको छ । प्रहरीले गत मंगलबार केन्द्रीय विधि विधान प्रयोगशालामा नमुना पठाएको हो । १० साउनमा साथीको घरमा होमवर्क गर्न गएकी निर्मला ११ साउन उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि उनको हत्या भएको थियो। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

25506