बोक्सी आरोपमा निर्घात कुटपिट, ५० हजार जरिवाना र ५० हजारको भोज

जनकपुरधाम : बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन्।

जिल्लाको धनौजी गाउँपालिका–२ कि ३० वर्षीया मन्तोरियादेवी मण्डललाई जेठाजु इन्दल मण्डल, जेठानी मानकी, भतिजीहरू र घरपरिवारका सदस्यले नै एक वर्षदेखि बोक्सी भन्दै गाली बेइज्जती र कुटपिट गर्दै आएका थिए । यसै क्रममा कात्तिक १६ गते जेठाजुले जातीय पञ्चायती बोलाएर त्यहाँ सबैका सामु बोक्सी स्विकार्न दबाब दिएका थिए ।

‘आफ्नो जातिको माइजन (जातीय मुखिया) फुगनी मण्डल र पञ्चहरू दुखनी मण्डल, रौदी मण्डल, उमेश मण्डल, विन्दे मण्डलको उपस्थितिमा आफूलाई बोक्सी हूँ भन् भनेर स्वीकार गर्न दबाब दिए’, मन्तोरियाले सुनाइन्, ‘तर मैले आरोप स्वीकार नगरेपछि जेठाजु र जेठानीहरूले पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट गर्न थाले ।’

पति इन्द्रजीत मण्डल वैदेशिक रोजगारीमा एक वर्षअघि दुबई गएदेखि ४ छोरी र परिवारले बोक्सी भन्दै आफूलाई प्रताडित गर्दै आएको मन्तोरियाले सुनाइन् । परिवारमा बालबालिकादेखि बुढासम्म कोही पनि बिरामी पर्दा उनले नै टुनामुना लगाएको भन्दै गाली गर्ने गरेका थिए। अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25532