लन्डनमा यसरी मनाइयो वलिहाङ्ग तिहार

टीकाधन राई / एचकेनेपाल डट कम –

लण्डन। किराँत राई यायोक्खा वेलायतको शाखा लन्डनले गत साल झैं यो वर्ष पनि वलिहाङ्ग तिहारको उपलक्षमा सामूहिक देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

लन्डनस्थित ह्यारो बरो फुटबल क्लबको परिसरमा शुक्रवार विभिन्न कार्यक्रम सहित देउसी भैलो कार्यक्रम गरियको थियो। निर्धारित समयमै शुरु भएको कार्यक्रमलाई अतिथि आसनग्रहण र सम्मान कार्यक्रमसंगै संस्थाका कोषाध्यक्ष सुमन राईले स्वागत मन्तव्य दियका थिए।

किराँया वेलायत केन्द्रकी अध्यक्ष तथा कार्यक्रमकी प्रमूख अतिथि कल्पना राई र शाखा अध्यक्ष रोम प्रसाद मुकारुङ्ग राईले संयुक्त रुपमा पानसमा दीप प्रज्वोलन गरी कार्यक्रमबो उद्घाटन गरियको थियो। देउसी भैलो शुभकामना मन्तव्य दिने क्रममा क्रमश: किराँया केन्द्रकी अध्यक्ष कल्पना राई र अन्य केही व्यक्तित्वहरुले संस्थालाई शुभकामना दिएका थिए। शुभकाना पश्चात संस्थाका अध्यक्ष रोम प्रसाद मुकारुङ्ग राईले औपचारिक कार्यक्रमलाई समापन गर्दै सबै सदस्य र अतिथिहरुलाई गरिमामय उपस्थिति जनाई दिएकामा हार्दिक धन्यवाद दिदै देउसी भैलोको कार्यक्रममा प्रवेश गराएका थिए।

केही छोरी चेली सामूहिक पहलमा छोटो समय भैलेनी शुरु गरेपछि सांगीतिक क्षेत्रका उदयमान युवा गायक तथा यु.के आइडलका प्रथम विजेता सोनाहांग राईको दिउसी भट्याउने नितृत्वमा देउसी कार्यक्रम आरम्भ भएको थियो। किराँया हङकङका पूर्व अध्यक्ष नरहांग राई ,वेलायत किराँयाका विशिष्ट सदस्य हर्कराम राई, पूर्व मेजर तथा लन्डन शाखाका संस्थापक मानबहादुर राई, संस्थाका पूर्व अध्यक्षहरु क्रमश: हरि राई, टिकाधन राई र श्री शान्ताकला राई र अन्य थुप्रै महानु भावहरुले भट्याउनेलाई स्वरै ढाकी देउसुरे भनेर साथ दिएका थिए।

देउसुरे भट्याउने सामूहिक नाँच्नेका अतिरिक्त अन्य सांगीतिक माहोलसमेत निकै जमेको थियो । यसै क्रममा गायक सोनाहांग राईबाट सालेज्यु भाकामा र अन्य उनका चर्तित नेपाली गीतहरु गाएर देउसी भैलो कार्यक्रममा सहभागी दर्शक महानुभावहरुले देउसी भैलो र नाँच गान सहितको भरपूर मनोरञ्जन लिएका थिए।

निम्तालुहरुले आ-आफ्नो स्वेच्छाले संस्थालाई देउसी भैलोका लागि दक्षिणा दान गरेका थिय। अपेक्षित सहभागितासहित साँझा करिब ६:३० बजे शुरु भयको कार्यक्रम भरपूर मनोरंजनले अघि बढेको मनोरन्जनात्मक संस्कृतिक कार्यक्रम पत्तै नभई रातको ११ बजे समापन भएको थियो। किराँत राई यायोक्खा वेलायतकी अध्यक्ष कल्पना राईको प्रमूख आतिथ्यमा र रोम प्रसाद मुकारुङ्ग राईको अध्यक्षतामा संचालित बलिहांग तिहार देउसी भौलो (येलेदुंग ५०७८) सन् २०१८ सालको कार्यक्रमलाई संस्थाका सह- सचिव किरण राईले संचालन गरेका थिए।





Comments

comments

Leave a Reply

25542