बालुवाटारबाटै सरकार सञ्चालन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन।

प्रधानमन्त्री ओली अस्वस्थताका कारण सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत बस्न नसकेको हो । तर, प्रधानमन्त्री ओली अस्वस्थ हुँदा र मन्त्रिपरिषद बैठक नबस्दा पनि सरकारी काममा भने त्यसको अभाव देखिएको छैन।

प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालमै रहँदा पनि मन्त्रीहरुसँग छलफल गरे, अस्पतालबाट फर्किएर निवासमा आराम गर्दा पनि उनले मन्त्री र सचिवहरुसँग छलफल गर्न छाडेनन् । उनको सचिवालयले पनि सक्रियता देखाउँदा सरकार सञ्चालनमा भने प्रभाव नपरेको
खबर राजधानी दैनिकमा छापिएको छ।

प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालको बेडमै भएको बेला १४ कात्तिकमा रक्षा, गृह र ऊर्जामन्त्रीसँग विभिन्न विषयमा छलफल गरेका थिए।

गत १६ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भएका ओलीले बालुवाटारबाटै सरकार सञ्चालन सम्बन्धी काम कारबाही गर्दै आएका छन् ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25567