उज्यालो युगका अभियन्ता कुलमानले कसरी मान्दैछन् दीपावली?

काठमाडौं, २१ कात्तिक । मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु ।

पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो । उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए।

तर, आफू प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन्। त्यसैले सार्वजनिक पनि गरेनन्।

देशबाट अध्याँरो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलीमा मनाउन सकिने भएको छ।

घिसिङले भने लक्ष्मीपूजा बुधबारको दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै छन्। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25569