बर्दिया, ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन्।

ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् ।

पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् ।

उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।

प्रहरीका अनुसार आईतबार करिब ४ बजे दुई बालिका बाख्रा चराउन गएका थिए ।

साथी पानी पिउन गएको मौका छोपी उनीहरुले ती बालिकालाई बलात्कार गरेको खबर कान्तिपुर दैनिकमा छ।



.

















Comments

comments