बैतडी, बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ।

पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको खबर नेपाल समाचारपत्रमा छ।

स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ।

आईतबार बिहान साढे ४ बजे घरपरिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।



.

















Comments

comments