वामदेवलाई अर्को झड्का, प्रधानमन्त्री ओलीद्धारा प्रस्ताव अस्वीकार

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन्।

रुष्ट गौतमले गैरनाफामूलक निजी कम्पनी र सबैलाई चकित बनाउने दाबी गरेका छन् । गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भूमिकामा फर्कन आतुर छन्।

संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए।

अरु सांसदले अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफूलाई संसदमा जान रोकेको उनको गुनासो छ । नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

25618