नेपाली डिजाइनरहरुले पाए ताली

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

शुक्रबारदेखि मलेसियामा शुरु भएको ” इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” आइतबार स्थानीय पेरेक स्टेटको आइपीओएच शहरको लास्ट वर्ल्ड अफ तम्बुन भन्ने स्थानमा समापन भएको छ।

समापन समारोहमा नेपालको तर्फबाट फेशन डिजाइनरहरु प्रेम देब (सेन्ट्रल फेशन हब , काठमाडौँ ) , लक्ष्मी श्रेष्ठ (आइ एफ सी , चितवन ) , दिपा तिवारी र सुष्मिता आले (सेन्ट्रल फेशन हब , हेटौडा ) ले आफ्ना डिजाइनहरु प्रस्तुत गरेका थिए।

स्थानीय तथा तमिल र चाईनिज मोडलहरुले डिजाइनरहरुले तयार पारेका २० वटा बिभिन्न नेपाली मिक्स डिजाइनहरु २ वटा सिक्वेन्समा प्रस्तुत गरेका थिए।

तयस्तै दोस्रो दिन शनिबार डिजाइनरद्वय लक्ष्मी श्रेष्ठ र प्रेम देबले २० वटा विभिन्न नेपाली , मिथिला र पश्चिमी फ्युजन गरिएका डिजाइनहरु मोडलहरुले २ वटा सिक्वेन्समा प्रस्तुत गरेका थिए । नेपाली डिजाइनरहरुसंगै नेपाली राष्ट्रिय पोशाकमा नेपाल फेशन फेडेरेसनको अध्यक्ष्य नबिन लुइँटेल पनि र्याम्पमा उत्रेका थिए।

त्यस्तै पहिलो दिन फेसन डिजाइनरद्वय दिपा तिवारी र सुष्मिता आलेले आफ्नो डिजाइनका बिभिन्न पोशाकहरु प्रस्तुत गरेका थिए । नेपाली डिजाइनहरु तिनदिनकै स्थानीय दर्शकहरु ले निक्कै मनपराएको देखिन्थ्यो ।

भव्यरुपमा आयोजित कार्यक्रममा नेपाली डिजाइनरहरुले मलेसिया , सिंगापुर , चीन र भारतको डिजाइनरहरुसंगै ” इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” मा आफ्ना डिजाइनहरु नेपाल फेशन डिजाइनर संघ र नेपाल फेशन फेडेरेसनको सक्रियतामा मलेसियामा देखाउने मौका पाएको फेशन फेडेरेसनको अध्यक्ष्य नबिन लुइँटेलले बताए।

स्थानीय पेरेक पर्यटन केन्द्रको सहयोगमा लुइस सेबासटेन र आडेलडे खानले ” इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८” आयोजना गरेको हो ।





Comments

comments

Leave a Reply

25636