भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

वीरगन्ज, टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे। वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन्।

श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन्। बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे।

पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गत्ते जिल्ला प्रहरी कार्यलय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिईन्।

मुद्धा प्रहरीकोमा आएपछि आरोपित फरार छन्।

कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनो साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25667