संकटमा फेवाताल

फेवातालको मुल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ।

माकुराको कारण जालोझैँ ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको खबर नागरिक दैनिकले छापेको छ।

तालको सिरान क्षेत्रमा मोटरबाटो विस्तार हुँदै जाँदा त्यहाँबाट बगेको माटो फेवाताल पुरिने क्रम झनै तीव्र पारेको छ।

तालको सिरान क्षेत्रका बस्ीतमा मोटर पुर्याउने उदेश्यले बाटो खनिएको हो।

तालआसपासका डाँडामा समेत मोटरबाटो विस्तार हुँदा बगेको माटो सीधै तालमा मिसिने गरेको छ।

तालको मुल सिरान पञ्चासे क्षेत्र हो । त्यस क्षेत्रमा पर्याप्त खहरे खोला छन्। त्यही क्षेत्रमा बसेर्नि मोटरबाटो विस्तार हुँदा बर्षामा पहिरो झर्ने क्रम पनि उत्तिकै तीव्र छ।





Comments

comments

Leave a Reply

25695