मकवानपुरमा दुई बस जुध्दा मृत्यु हुनेको संख्‍या १० पुग्‍यो, २३ घाइते

एचकेनेपाल डट कम संवाददाता-
हेटौंडा, १५ कात्तिक। मकवानपुरको बसामाडीमा शनिबार बिहान दुई यात्रुवाहक बस एक आपसमा जुध्दा मृत्यु हुनेको संख्‍या १० पुगेको छ। दुर्घटनामा २३ जना घाइते भएका छन्।

८ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका २६ वर्षीया रसियन नागरिक दरिया मल्चापोभाको मकवानपुर जिल्‍‍ला अस्पताल र प्रिजन दाहालको चितवन मेडिकल कजेल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै मृत्यु हुनेहरूमा इलाम बरबोटे गाविस–४ का प्रवीणराज आचार्य, रोशन भट्टराई, सुजाता काफ्ले, मिलन अधिकारी र इशा कार्की रहेका छन् भने एक जना विदेशी नागरिक रसियन महिला डारिया मोजकोभा रहेका छन्। बाँकीको सनाखत हुन सकेको छैन।

प्रहरीका अनुसार काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बस र इलामबाट काठमाडौं जाँदै गरेको बस बसामाडीमा बिहान साढे २ बजे एक आपसमा ठोक्किएको थियो।





Comments

comments

2571