पप्पु कन्ट्रक्सनले अलपत्र छाडेका पुल

काठमाडौं, पप्पु कन्स्ट्रक्सनले नयाँ ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कोस्टाल पप्पु (जेभी) कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।

समयैमा ठेक्का नसकेको र गुणस्तरहीन काम गरेकाले पप्पुलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाइएको खबर अन्नपूर्णपोष्टमा छ।

पप्पुले नेपालगन्जमा अवस्थित सिक्टा सिँचाइ आयोजनमा ठेक्का सम्झौताअनुसार निर्माण नगरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्र पठाएको थियो । पत्रका आधारमा पप्पुलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप नोक्सानी भइ विकासमा अवरोध सिर्जना हुने ठहर गरिएको छ।

त्यसबाट सर्वसाधारणको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने सम्भावना देखिएकाले कार्यालयले कालोसूचीसम्बन्धी कारबाही प्रक्रियाको टुंगो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भागलिन नपाउने गरी रोक लगाइएको हो।





Comments

comments

Leave a Reply

25711