अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण

काठमाडौं — बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् ।

उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन्।

यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन्।

मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन्।

यसबाट आफूलाई एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए ।

एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् ।

बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् । अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25730