पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरेपछि…

काठमाडौं, शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन्।

३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् ।

गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी कार्यकक्ष प्रवेश गरेका थिए ।

द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।

तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टराई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका छन् । नयाँ पत्रिकामा यो खबर छ।





Comments

comments

Leave a Reply

25732