मिस वर्ल्डमा अग्रता लिँदै नेपालकी शृंखला

काठमाडौं, यतिबेला चीनको सान्या सहरमा मिस वर्ल्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन्।

सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षीया मिस नेपाल शृंखला खतिवडा टप ३२ मा परेकी थिईन्।

प्रतिस्पर्धा अन्तर्गत विभिन्न फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन्।

मिस वर्ल्ड आयोजनको वेब साईटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै छिन्।

उनले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाईसकेकी छिन्।

दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा रसिया ५ प्रतिशत र पाँचौ स्थानमा टर्की, तान्जानिया, बंगलादेश ५ प्रतिशत भोटका साथ अघि बढिरहेका छन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25742