निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिएपछि..

महेन्द्रनगर, छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ।

गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन्।

निर्मलाका बुवाले पछिल्लो समय अस्वभाविक व्यवहार देखाउने गरेका छन् । रातमा नसुत्ने, बडबडाउने र दिँउसो रुँदै अरुलाई गालीगलौज गर्दै बजारमा हिँड्न थालेका हुन । अस्वभाविक व्यवहार गर्न थालेपछि उनलाई सम्हाल्न गाह्रो परेको स्थानियले बताएका छन् । निर्मलाको मृत्युपछि यज्ञराज डिप्रेसनमा परेकोले उनलेले यस्तो व्यवहार देखाउने गरेको चिकित्सकहरु बताउँछन्। राजधानी दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25753