नेपाल आइडलबाट बाहिरिइन् नीलिमा

आइडलको सुरुदेखि नै आफ्नो स्वरको जादु चलाउन सफल पोखराकी नीलिमा थापा मगर शुक्रबारको इपिसोडबाट बाहिरिएकी छन्।

उनले भर्खरै कक्षा १२ सकाएकी हुन्। धेरैजनालाई साथी बनाउन नसक्ने रिजर्भ स्वभावकी नीलिमाले सधैंभरि गायनलाई नै साथी बनाएको बताइन्। भन्छिन्, ‘गीत नै मेरो साथी, गीत नै मेरो जिन्दगी।’

नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी हुन्। उनीसँग दुई थरी स्वरको जादु छ। बोल्ने बेलामा केही मोटो स्वर निस्कने नीलिमा जब माइक समाउँछिन्, अनि निस्कन्छ उनीभित्रको स्वरको जादु। सबै खालका गीत गाउने सक्ने खुबी भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन्। उनले विभिन्न औपचारिक कार्यक्रममा स्टेज प्रस्तुति पनि दिने गरेकी छन्।

शुक्रबार कार्यक्रमबाट बाहिरिनेमा आफ्नो नाम सुनेपछि उनी एकाएक स्तब्ध बनिन्। आँखाबाट खस्नखस्न लागेको आँसु लुकाउँदै उनी जबरजस्ती हाँस्न खोजिरहेकी थिइन्। उनले नेपाल आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएकोमा कार्यक्रमको खुलेर प्रशंसा गरेकी थिइन्। अन्नपूर्णपोष्टममा खबर छ।





Comments

comments

Leave a Reply

25757