फर्किएला कोइराला बिरासत?

काठमाडौँ, सत्तरी वर्षको इतिहासमा कोइरालाहरूले कांग्रेसलाई ४९ वर्ष आफ्नो नेतृत्वमा चलाए।

कोइराला परिवारबाट कांग्रेसमा चार सभापति बने । ००३ सालमा कांग्रेस पार्टी स्थापना भएयता बिपी कोइरालाले पाँचपटक गरेर २५ वर्ष कांग्रेसको नेतृत्व लिए । मातृकाले दुईपटक गरेर चार वर्ष, गिरिजाप्रसादले तीनपटक गरेर १४ वर्ष र सुशील कोइराला कार्यवाहकसहित दुईपटक गरेर ६ वर्ष कांग्रेस नेतृत्वमा बसे । गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट कांग्रेस नेतृत्व शेरबहादुर देउवाको हातमा पुग्यो ।

यसबीचमा कोइराला परिवारका तीन सदस्यबीच मेल थिएन, टकराव थियो । तर, अहिले कोइराला परिवारका तीन सदस्य शशांक, सुजाता र शेखरबीच एकता भएको छ । यसले कांग्रेसमा ठूलै तरंग ल्याएको छ । फेरि पनि कांग्रेसमा कोइराला बिरासत फर्कने त होइन भन्ने अनुमान गर्न थालिएको छ। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

25759