आमाले दोस्रो बिहे गरेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा

फिदिम– पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन्।

हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन्। उनका बुवा आसिकराम विदेशमा छन्।

उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन्। अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25770