नाट्यकर्मी महासंघले प्रज्ञा प्रतिष्ठानको अवस्थाप्रति ध्यानाकर्षण गरायो

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पदाधिकारी विहिनताको अवस्था भएको पनि निकै लामो समय व्यतित भईसकेको छ।

देशको कला, संगीत, संस्कृति, साहित्यको उन्नयनका लागि लगातार क्रियाशील हुनुपर्ने संस्था पदाधिकारी विहिन रहनु एउटा सुसंस्कृत राज्यका लागि विरोधाभाषपूर्ण अवस्था हो।

नेपालभरिका नाट्यकर्मीहरुको छाता संस्थाको रुपमा नाट्यकर्मी महासंघ क्रियाशील छ। नाटकको हितका लागि नाट्यकर्मीहरुको लामो संघर्षपछि नेपाल सरकारद्वारा स्थापित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पदाधिकारी विहिनताको अवस्थाप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।





Comments

comments

Leave a Reply

25776