राजधानीमा बालक अपहरणको ४५ मिनेटभित्रै हत्या!

काठमाडौं। गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ।

उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन ।

होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए ।

उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर ।

प्रहरीका अनुसार महेन्द्रले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए ।

मंगलबार साँझ उनले उपयुक्त समय पाए ।

साँझ करिब ६ बजेको थियो । बालकका आमा बुबा अस्पताल गएको मौका छोपी उनले अपहरण गरेका थिए ।

महेन्द्रले दिएको बयानअनुसार बालकलाई फकाउनउनले ५० रुपैयाँको क्याटबरी चकलेट किनिदिएका थिए । प्रयासलाई फकाउँदै घुम्न जाने आस देखाएर नार्गाजुनतिर लगे ।

एकान्त सडकमा गाडी रोकेर मुख थुनिदिए, घाँटी थिचेर हत्या गरे ।

झोलामा शव राखेर खोलामा फाले । प्रयासको अपहरण र हत्या ४५ मिनेटभित्रै भएको खुलेको खबर नयाँ पत्रिकाले छापेको छ ।





Comments

comments

Leave a Reply

25819