पैसाको आडमा क्रिस्चियन धर्मलाई बदनाम गरेको भन्दै नेपाली क्रिस्चियनहरूबाट विरोध

काठमाडौं, युनिभर्सल पिस फेडेरसनका नाममा युनिफिकेसन चर्चका तर्फबाट नेपालमा भएको एसिया प्यासिफिक समिटको नेपाली क्रिस्चियनहरूले पनि विरोध गरेका छन्।

आफूलाई जिससको सन्तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विश्वभरि आलोचना हुँदै आएको छ।

नेपालमा पनि सरकारको आडमा उनीहरूले क्रिस्चियन धर्मलाई बदनाम गरेको भन्दै विरोध भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

‘ढोकाढोकामा बाईबल बाँड्ने यिनीहरू जस्ताले क्रिस्चियन धर्मको बदनामा गरेका छन्, हाम्रो धर्मले यस्तो सिकाउँदैन’, अजाप्पे चर्चका पास्टर बुद्ध घिसिङले भने।





Comments

comments

Leave a Reply

25857