सरकारी कार्यालय ‘भ्रष्टाचारीको अखडा’

काठमाडौँ, ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन ।

सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो छ – म भष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र जनाताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्छु।

तर , यसरी दिनहुँ शपथ लिने राष्ट्रसेवक कर्मचारीले घुस खान भने छाडेका छैनन् । खासगरी सेवाग्राहीको चाप हुने निकायमा कार्यरत कर्मचारीले घुसविबना काम गर्दैनन् भन्ने जनगुनासो व्याप्त छ ।

समयसमयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेका कर्मचारी भ्रष्टाचार गरेको आरोपमा चलाइएका मुद्दा हेर्दा जनगुनासोमा सत्यता देखिन्छ। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

25881