रेल किन्दै नेपाल, अब नेपालकै गुड्नेछ रेल…

काठमाडौं, सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ।

भारतीय सहयोगमा निर्मित ३४ किमि दूरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो।

मंसिरमा रेल चलाउने तयारी थियो । तर रेल नहुँदा समस्या भयो भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने, रेल लिजमा लिने कि किन्ने भन्नेबारे हामी अलमलमा थियौँ, अब आफैँ रेल किन्ने निर्णय भएको छ । यसले गर्दा रेल सञ्चालनमा ढिलाई भएको खबर अन्नपूर्ण पोष्टमा छ।

मन्त्रालय मातहत सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाबारे जानकारी दिन बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समबन्वय बैठकमा मन्त्री महासेठलाई बोलाईएको थियो।





Comments

comments

Leave a Reply

25922