स्पष्टीकरण दिन राजदूत शेर्पालाई काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गरिने

आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ।

परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेर्पालाई बर्खास्त गर्ने सरकारको तयारी छ।

चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई स्पष्टीकरण दिन मन्त्रालयले स्वदेश बोलाएको छ, उहाँमाथि लागेका आरोपका विषयमा मन्त्रालयले छानबिन पनि गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले भने, ‘हाम्रो छानबिन र उहाँको स्पष्टीकरणका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।’ मन्त्रालयले छानबिन गरिरहेका कारण यसबारे थप भन्न नमिल्ने ढकालको भनाइ थियो।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नाममा शेर्पालाई स्पष्टीकरणका लागि चिठी पठाइएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

शेर्पाले एक चरण लिखित स्पष्टीकरण पठाए पनि त्यसबाट चित्त नबुझेपछि स्वदेश बोलाइएको हो । ‘शेर्पालाई फिर्ता बोलाएको होइन, तर उहाँको गल्ती प्रमाणित भयो भने बर्खास्त गर्छौं । उहाँ अस्ट्रेलिया जान पाउनुहुन्न,’ परराष्ट्रका एक अधिकारीले भने । राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएकी छिन् ।

चालक शेर्पाले लक्कीका श्रीमान् नवाङ सोनाम शेर्पा र राजदूत शेर्पाले आफू र परिवारलाई अस्ट्रेलिया लैजान १० लाख रुपैयाँ मागेको आरोप लगाएका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25961