निर्मला हत्या प्रकरणः प्रमाण होईन, बयान खोज्दै प्रहरी !

कञ्चनपुर, अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ ।

वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ ।

पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ ।

पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफै ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गईरहेको खबर पत्रिकामाा छ।

विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए ।

त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रुपमा केही बोल्न मानेको छैन ।

अपराध स्वीकार गरे पनि डिएनए नमिलेमा उनीहरुलाई छाड्ने प्रहरी तयारी छ।





Comments

comments

Leave a Reply

25990