पूर्वराजाले पोखरामा नयाँ बर्ष भब्यरुपमा मनाउने

काठमाडौं, अंग्रेजी नयाँ बर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ।

त्यसको तयारीका लागि पूर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन्।

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको खबर नेपाल समाचारपत्रमा छ।

करिब दुई साताअघि पूर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो।





Comments

comments

Leave a Reply

25997