कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ

काठमाडौं, गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ।

नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको बलिगामा ४ बस्ने ३२ बर्षीया मानसिंह सरदार थारुलाई १ हजार २ सय ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको खबर अन्नपुर्ण पोष्टमा छ।

विमानस्थलको प्रस्थान कक्षको एक्सरेमा जाँचका बेला प्लाष्टिकमा पोको पारेको अवस्थामा गाँजा भेटिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26006