रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेन

जनकपुर। भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी राजमार्गले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने बताएका छन्।

रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको यो बाटोलाई फोरलेन बनाउने काम सुरु भएको उनले जानकारी दिए ।

‘रामले सीतालाई जुन मार्गबाट अयोध्या लिएर गएका थिए, त्यसलाई फोर–लेन बनाउने काम सुरु भएको छ,’ राम–सीता विवाह महोत्सवमा बुधबार जन्ती बनेर जनकपुर आएका आदित्यनाथले भने, ‘त्यसको निर्माणपछि जनकपुरबाट ४ घण्टामै अयोध्या पुगिन्छ ।’

उनले पशुपति–काशी र जनकपुर–अयोध्यालाई जोड्ने योजनाअनुसार काम भइरहेको बताए । ‘रामजानकी राजमार्ग यात्राको सुगमताले मात्र होइन, पर्यटन विकासको सम्वाहक पनि बन्नेछ,’ उनले भने, ‘यसले सबैको जीवनमा खुसियाली ल्याउनेछ ।’

उनले जनकपुर, अयोध्या र बनारसलाई सिस्टर सिटी बनाउने योजना सुनाए । ‘अयोध्या आए, वो जनकपुर जाए । जो जनकपुर आए, वो अयोध्या जाए,’ धार्मिक यात्रा अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले भने । उनले रामायण सर्किट र जनकपुर–जयनगर रेलमार्गले पनि धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26010