६ बर्षपछि मात्र भद्रशिलाको शव साउदीबाट आईपुग्यो

काठमाडौं — मद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गईन्।

नेपालबाट जान प्रतिबन्ध रहेकाले उनी भारतको बाटो रोजिन् । यो २०६५ सालको कुरा हो।

केचनाकवल ६ झापाकी ४८ बर्षीया भद्रशिला साउदी उडेको १० बर्षपछि शुक्रबार मंसिर २१ बाकसमा आईन्।

छोराहरुले आमाको शव पाउने आशा पनि मारिसकेको थिए । मृत्युको ६ बर्षपछि बल्ल नेपाल ल्याइयो।

मैले त हार मानिसकेको थिएँ । जिउँदो आमालाई त भेट्न पाएनौँ । मरेकी आमा पनि देख्न नपाईने भो भन्ठानेको थिएँ, छोरा नीरजले भने, ढिलै भए पनि शप पायौँ।

मेडिकल रिपोर्टअनुसार भद्रशिलाको मृत्यु २०१३ जनवरी २ मा साउदीको टफालितमा हृदयघातका कारण भएको थियो।

जेद्धास्थित नेपाली महावाणिज्यदूतको कार्यालयबाट झन्डै एक हजार किलोमिटर दूरीमा पर्छ टफलित।

आमासँग नियमित सम्पर्क थिएन । बर्ष डेढ बर्षमा एकपटक फोन आउँथ्थ्यो । उहाँले गएदेखि जम्मा २८ हजार रुपैयाँ पठाउनुभयो, नीरजले भने, हामीले सम्पर्क गर्न खोज्दा फोन लाग्दैनथ्यो । उहाँले फोन गरेपछि मात्रै कुराकानी हुन्थ्यो । कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26012