भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि

काठमाडौँ, भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ।

भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनको बारेमा अनुसन्धान शुरु गरेको समाचार नेपाल समाचारपत्रमा छ।

भारतमा सुनसहित पक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणमणि उप्रेती गोरेका सहयोगी भएका आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन्।





Comments

comments

Leave a Reply

26053