सांसदले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा

राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन्।

संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् ।

अरु माननीय पनि कति तिर्नुपर्ने हो भन्दै बुझ्न आउनुभएको छ, सचिवालयका एक कर्मचारीले भने ।

सांसद् उमेश श्रेष्ठले घरभाडा लिने सांसद्को सुचीमा नाम आएपछि चिन्तित भएको बताएका छन् ।

संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै आफूले ललितपुरको झम्सिखेलमा घर भको विवरण सुरुमै बुझाए पनि घरभाडा लिएको भन्दै विवरण सार्वजनिक भएपछि आश्चार्यमा परेको उनले उल्लेख गरेका छन् ।

महासचिवलाई लेखेको पत्रमा भनिएको छ, मेरो नाममा घरभाडावापत जम्मा भएको भए फिर्ता बुझिलिन यसै पत्रसाथ संलग्न गरी पठाएको जानकरी गराउँछु । कान्तिपुर दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26057