मिस पूर्वाञ्चलको नवौ संस्करण शुरु

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान , पूर्वको पुरानो तथा सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित नेपालआईस मिस पूर्वाञ्चलको नवौ संस्करण शुरु भएको छ।

अनलाइन तथा एसएम एसबाट लिइएको फर्मबाट छानिएर धरानमा लिइएको अडिसनबाट नेपालआईस मिस पूर्वाञ्चल २०१८ को लागि १४ जना युवतीहरु छनोट गरिएको छ।

छानिएका १४ जना प्रतियोगीलाई हाल अनुभवी प्रशिक्षकद्वय राजबिमल श्रेष्ठ र रबिन्द्र थापाले लिडरशिप , मोटीभेशन सम्बन्धी प्रशिक्षण दिइरहनु भएको छ भने कोरियोग्राफर तथा प्रशिक्षक प्रियारानी लामाले व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ।

मिस पूर्वाञ्चलको नवौ संस्करण आउदो पौष १४ गते शनिबार धरानस्थित होटल इजी राइड्रसको मैदानमा हुने भएको छ । प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।

गत बर्ष झैँ यो बर्ष पनि बिना अडिसन मिस उर्लाबारी र मिस इटहरीलाई प्रतिस्पर्धाकालागि सोझै प्रवेश गराईएको छ।


थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

मिस इटहरी २०१७ तपस्या रनपेइली , मिस उर्लाबारी २०१७ रुसाली के .सी ., हिलेको प्रजिता तामाङसंगै उर्लाबारीको सबिना पोदार , तरहराको तुलाशा पोख्रेल , भद्रपुरबाट पूजा श्रेष्ठ , संखुवासभाबाट सोनेता दाहाल , धरानबाट आकृति आचार्य , एजिना राई ,अनिला क्षेत्री , सुचित्रा कार्की , बिराटनगरबाट मोनिका रेग्मी ,धनकुटाबाट स्वस्तिका बिसुंखे , बिर्तामोडबाट सलिना राजबंशी यो बर्षको मिस पुर्वान्चल २०१८मा सहभागी छन्।

कम्तीमा १२ कक्षा पढ्दै गरेका युवतीहरु सहभागी गराइने नेपाल आईस नेचुरा‘मिस पूर्वाञ्चल’को नवौ संस्करणको लागि अनलाइन तथा एसएम एस बाट सय जना भन्दा बढीको आवेदन आएको आयोजकले जनाएको छ।

सहभागीहरुलाई रक्तदान, ट्राफिक सचेतना ,पर्यटन , सामाजिक सचेतना सद्भाव जगाउने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ।

अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहाको स्कुटी र र हङकङ भ्रमणको अवसर दिईने आयोजकले जनाएको छ।


थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टी मिडिया , मिस इन्टलेक्चुअल ,फेस अफ डिभाइन , भ्युअर्स च्वाइस लगायतका विभिन्न ८ वटा विद्यामा समेत प्रतियोगीहरु १५ हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ।

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा तथा बराह ज्वेलरी इन्ड्रस्ट्रिज़ प्रालिको प्रस्तुति तथा नेपालआइस बियरको मुख्य प्रयोजन र एनआइसी एसिया बेंक , डीभाइन वाइन , पुर्वान्चल लुब्रिकेन्ट्स , एम ए डब्लु इन्टरप्राइजेज ,सुबिसु केवल , बुद्ध एयर , यु एन नवोदय कलेज ,बरुण बेभरेज , क्विक्स र वाईवाईको प्रायोजन मिस पूर्वाञ्चल २०१८ मा रहेको छ।

मिस पूर्वाञ्चलको उपाधि अहिलेसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङ ,२०१३ मा नेहा बजाज,२०१४ मा नेमिता आङबुहाङ, २०१५ मा प्रियङका श्रेष्ठ , २०१६ मा कृतिका गिरी र २०१७ मा रुबी लिम्बुले जितेक थिए।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

26064