मिस पूर्वाञ्चलका प्रतियोगीहरुलाई शिष्टचार व्यस्थापन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – धरान, धरानमा जारी मिस पूर्वाञ्चल २०१८ को तालिमको एक प्रमुख पाटोको रुपमा रहेको शिष्टचार व्यवस्थापन तथा डाइनिंग एटीच्युड सम्बन्धि तालिम मंगलबार धरानको युएन नवोदय होटल म्यानेजमेन्ट कलेजमा सम्पन्न भएको छ। कलेजका एच एम संयोजक गगन श्रेष्ठले मिस पूर्वाञ्चल २०१८ का १४ जना प्रतियोगीहरुलाई खाना खाने तरिका , कसरी बस्ने तथा कस्तो खाने र कति मात्रामा खाने भन्ने प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो। प्रतियोगीहरुलाई डाइनिंग एटीच्युड सम्बन्धी आधुनिक अवधारणाको ज्ञान दिन यस्तो प्रशिक्षण आवस्यक रहेको प्रशिक्षक गगन श्रेष्ठले बताउनु भयो। त्यस्तै यस अघि चर्चित गायक डिल्ली फोम्बो , हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष प्रदिप थापाले आफ्नो उतार चढावका कुराकानीहरु गर्दै सफलताका बिभिन्न टिप्सहरु दिएका थिए। डेजी नेल आर्ट एण्ड मेकअप स्टुडियोकि संचालिका तरुना राईले मेकअप सम्बन्धी महत्वपूर्ण टिप्स दिइन् भने मिस पुर्वान्चल २०१७ को बिजेता रुबी लिम्बु तथा फर्स्ट र सेकेन्ड रनर अप सिम्रन श्रेष्ठ र अनु ढुंगानाले आफ्नो अनुभव सुनाएका थिए। त्यस्तै होटल एसोसिएसन भेडेटारका वर्तमान अध्यक्ष्य जितेन्द्र रुम्दाली राईले पूर्बी क्षेत्रको पर्यटनको बिषयमा आफ्ना कुराहरु शेयर गरेका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक राजबिमल श्रेष्ठ र कुशल प्रशिक्षक रबिन्द्र थापाले प्रतियोगीहरुको वाक क्षमताको अभिबृद्धिको लागि एक हफ्तादेखि प्रशिक्षण दिईरहनुभएको छ।
आगामी पौष १४ गते धरानको होटल इजी राईडरमा आयोजना हुने कार्यकर्मको संयोजनको भूमिका मिस पूर्वाञ्चल २०१६ कि फर्स्ट रनरअप तथा मिस ग्रान्ड इन्टरनेसनल नेपाल २०१८ कि फर्स्ट रनरअप इक्सा मादेनले निभाएकी छिन् भने कोरियोग्राफी प्रियारानी लामाले सम्हालेकी छिन्।




Comments

comments

Leave a Reply

26095