चौथो मिस तामाङ पोखरा’ माघ १२ गते, तयारी शुरु

सञ्जय मल्ल / एचकेनेपाल डट कम –

पोखरा । मिस तामाङ पोखराको चौथो संस्करण आगामी माघ १२ गते हुने भएको छ।

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ।

तामाङ समुदायका नारीहरुको अन्तरर्निहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए। सहभागीहरुलाई तामाङ भाषा, संस्कृति र संस्कारका विषयमा पनि प्रशिक्षण दिइने भएकाले यो विशुद्ध सांस्कृतिक सौन्दर्य प्रतियोगिता रहेको कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताए।

कार्यक्रम संयोजक तथा बैदाम तामाङ सेवा समाजका कोषाध्यक्ष मोक्तानका अनुसार अहिले प्रतियोगीहरुलाई विभिन्न प्रशिक्षण दिने काम सुरु भएको छ ।

मंसिर २९ गते एक समारोहका बीच प्रतियोगीहरुलाई तालिम शुभारम्भ कार्यक्रम भएको हो । प्रमुख अतिथि चलचित्र निर्माता तथा लेखक, पाइलट तथा कलाकार विजय लामाका पिता हेमबहादुर लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो।

कार्यक्रममा बोल्दै पोखरेली न्युज साप्ताहिकका सम्पादक सन्जय मल्लले यस्ता खालका कार्यक्रमले समुदायको भाषा संस्कृति तथा संस्कार युवा पुस्तामा हस्तान्तरणका लागि टेवा पुग्ने बताए । प्रतियोगिताको फाइनलमा पहिलो नेपाल आईडल बुद्ध लामाले बिशेष प्रस्तुति दिनेछन् । शुभारम्भ समारोहको सञ्चालन समाजका सचिब डोल्मा लामाले गरेका थिए।

प्रतियोगितामा देशभरबाट १६ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा काठमाडौंका रिता लोप्चान, पोखरा बुद्धचोकका सुमी तामाङ, विरौटाका कञ्चन तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रिस्ता घिसिङ, काठमाण्डौका जेमेना घिसिङ, रामेछापका सजना वाइवा, विरौटाका विनिशा तामाङ, रत्नचोकका अमृता तामाङ, अनिता घिसिङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रिती तामाङ रहेका छन् ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भिउर च्वाइस रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने संयोजक मोक्तानले बताईन्।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखरामा पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो संस्करण २०१८ मा कविता योञ्जनले ताज पहिरिन सफल भईन् । कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने छ।

तस्वीरः सुदर्शन रञ्जित

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26169