पुर्ख्यौलीमा नाचे पोखराका पुन युवाहरु

जय बहादुर पुन / एचकेनेपाल डट कम-
पुन समुदायहरुको संस्कृतिको धरोहर पुर्ख्यौली नृत्य (सोरठी) समयसंगै बिस्तारै अस्ताउँदै गएको बेला पुन क्लव पोखराका युवाहरुले यस बर्षको देउसी भैलीमा आफ्नो बिबिध सांस्कृतिक कार्यक्रमसंगै पुर्खेउली नृत्य मारुनीलाई बिशेष रुपमा पोखरामा प्रस्तुत गरे।

पोखरा नदीपुर, दीप, अर्चलबोट, फुलबारी, बैदाम, ढुंगे साँघु हुँदै राम बजार गरि ७ क्षेत्रहरुको चोक तथा आगनहरुमा देखाइएको सालैजो, झ्याउरे, सेमी कथक रमाइला नृत्य र खैजरी र मादलको तालमा प्रस्तुत गरिएको मारुनी नाचमा स–साना केटा केटीदेखि युवा अनि बुढा बुढीहरु मज्जाले नाचे।

४ दिन सम्म रहेको देउसीरे कार्यक्रमले समुदायको संस्कार र संस्कृतिलाइ जोगाउन युवाहरुले गरेको यो प्रयासमा पुन समुदायकाहरु मात्र नभई दर्शक दीर्घामा रहेकाहरु पनि उत्साहित देखिन्थे। पुन समुदायहरुमा प्रचलित यो नाच सुख र दुख दुबैमा नचाईने भए पनी बिशेष शुभ कार्यमा यसको बढी प्रयोग गरिने गरेको पाइन्छ। सामान्यत मादल मुजुरा खैजरीमा ४ जना मारुनी र ४ जना मादले र गायनमा महिलाहरु रहने बिशेष लोक कथामा आधारित एक राजा र रानीको जीवन कथामा गाउँदै नाचिने यो नाच नेपाली समाज र पुन मगरहरुको संस्कार र संस्कृतिको एउटा जीवनको जन्म देखि मृत्युसम्मको समग्र काल खण्डको बिबिध सुख दुखको वृतान्त हो।

पुन क्लव पोखराले स्वास्थ्य, शिक्षा र संस्कृतिमा पुन युवा जनशक्ति भन्ने मूल नारासंगै आफ्नो एक दशक यात्रामा क्लवले यो दोश्रो पटक आयोजना गरेको हो। कार्यक्रमबाट संकलित सम्पूर्ण रकम क्लबले विशेष गरि निर्माणाधीन सेभेन ए साइड फुटबल मैदान, छात्रवृत्ति अक्षय कोष, क्लव कार्यालय भवन, रक्तदान कार्यक्रम तथा खेलकुद सामाग्री खरिद गर्न प्रयोग गर्ने क्लबका अध्यक्ष प्रेम पुनले बताए। कार्यक्रमबाट क्लवले ८ लाख ३० हजार रकम संकलन गरेको छ।

समयसंगै देउसी भैली कार्यक्रम भड्किलो भैरहेको बेला पुन क्लब पोखराले जुन आफ्नो परम्परा संस्कृतिलाई बचाउने प्रयास गरि रहेको थियो। यसमा खुशी ब्यक्त गर्दै यसले युवाहरुमा सकारात्मक सन्देश जाने कुरा पुन समाज पोखराका अध्यक्ष मेजर चन्द्र बहादुर पहरे पुनले बताए भने पोखरामा पुर्खेउली सम्बन्धि ज्ञाताका रुपमा परिचित पुन समाज नेपालका कोषाध्यक्ष हर्क बहादुर पहरे पुनले यसको संरक्षणमा युवाहरुको ध्यान अझै नपुगेकोमा गुनासो गरे। पुन समाज नेपालका महा सचिव तथा देउसीरे मा गुरु मादलेमा रहेका खिमन सेर्पुजाले सोरठीमा देखिएको भाषागत कठिनाईसगै समय सिमा र केही लयहरुमा बिशेष अध्ययनसंगै यसको मर्मलाई आत्म साथ गर्दै परिवर्तन गरि सरल रुपमा युवाहरुले सहज रुपमा ग्रहण गर्न सक्ने र छोटो समयमा प्रस्तुति दिन मिल्ने खालको भएको खण्डमा राम्रो हुने बताए।

पुन क्लव पोखराले पोखरा क्षेत्रमा रहेर आफ्नो एक दशक यात्रामा बिबिध खेलकुद कार्यक्रम, रक्तदान कार्यक्रम, युवा जागरन तथा सन्देशमूलक कार्यक्रम, बिबिध सास्कृतिक कार्यक्रम लागायतका समाज सेवा मुलक् कार्यहरुमा समर्पित हुदै आएको र अब निकट समयमै स्रस्टा सम्मान तथा बिबिध संस्कृतिक कार्यक्रम गर्ने कुरा क्लबका सचिव जयपुन ले जानकारी गराए। देउसी भैली साँस्कृतिक कार्यक्रम संयोजक लीलाराम पुन र किरन पुन तथा सोरठी संयोजक खिमान पुनर र शिव पाइजाले गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2618