आज विश्वभर क्रिसमस मनाइँदै

न्युज डेस्क / एचकेनेपाल डट कम –

२५ डिसेम्बर । विश्वभर रहेका इसाई धर्मावलम्बी आज आफ्नो महान चाड क्रिसमस मनाउँदै छन्।

दुई हजार वर्षअघि हालको इजरायलको बेथलेहममा जन्मेका जिसस क्राइस्टको जन्मदिनलाई डिसेम्बर २५ तारिखमा क्रिसमस मनाइँदै आएको छ। क्याथोलिक र प्रोटेस्टेन्ट गरी दुई समूहमा विभाजित इसाईले आ-आफ्नै तरिकाले क्रिसमस मनाउँदै आएका छन्।

नेपालमा मल्लकालीन राजा प्रताप मल्लका पालामा इसाईहरू भित्रिएको बताइन्छ। सन् १९५१ मा श्री ५ त्रिभुवनको निमन्त्रणामा नेपाल आएका इसाई धर्मगुरुले इसाई धर्मको प्रचार र विस्तारका लागि सामाजिक काममा हात हालेको इसाई धर्मप्रचारकहरू बताउँछन्।

सन् १९९३ मा नेपालमा क्याथोलिक सोसाइटी स्थापना भएपछि नेपालमा इसाई धर्मको विस्तार भएको हो।





Comments

comments

Leave a Reply

26193