प्रहरीमाथि आक्रमण गर्ने नौ पक्राउ

रुकुम पश्चिममा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा नौ स्थानीय युवा पक्राउ परेका छन्।

चौरजहारी नगरपालिका–७, मेलैनाउलीमा निर्माणाधीन सडक अवरुद्ध गर्नेहरूलाई नियन्त्रण लिएर अवरोध हटाउन गएको प्रहरीमाथि आक्रमण भएको थियो।

उक्त घटनामा संलग्न भएको अभियोगमा चौरजहारी नगरपालिका–४ का २८ वर्षीय निरक भण्डारी, ३० वर्षीय प्रकाश भण्डारी, चौरजहारी–४ का ३३ वर्षीय चन्द्रबहादुर खड्का, ८ नम्बर वडाका २८ वर्षीय सबिन बुढाथोकी, ८ नम्बर वडाकै ३२ वर्षीय बालाराम जैसी, चौरजहारी–७, का वीरबहादुर कुमाल र ३२ वर्षीय खेमराज शर्मा, १४ नम्बर वडाका २३ वर्षका नरेश लामिछाने, चौरजहारी–७ का ३८ वर्षीय शंकर जैसी पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमीत खड्काले जानकारी दिए।

उनका अनुसार स्थानीयको आक्रमणमा परी १ हवल्दारसहित २ प्रहरी घाइते भएका छन् । प्रहरी हवल्दार निर्मला विक र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते हुन् । स्थानीयले सिसाका बोतललगायत चिजले प्रहरीमाथि आक्रमण गरेको डिएसपी खड्काले बताए। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

26272