सशस्त्रका आइजीसँग ८ र अनुसन्धानका प्रमुखसँग ५ गाडी, श्रीमती र छोरीलाई पनि गाडी

काठमाडौँ , सशस्त्र प्रहरीका आइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन्।

उनले बा.२ झ ११७४, बा.१ झ ६०९१, बा. झ ८२६६, बा. २ झ ३६८, बा. २ झ ११७१, बा. २ झ २३९१, बा. १ झ ६६१३ र बा. १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।

त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा. १ च ३२०९, बा. ५ च २२६४, बा. ८ च ७१९०, बा. १० च ३९२० र बा. ७ च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन्।

यी मध्ये बा. १० च ३९२० नम्बरको उनकी छोरी र बा. ७ च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएकी छिन्।





Comments

comments

Leave a Reply

26280