नयाँ बर्षको उपलक्ष्यमा घरबारबिहीनलाई नेपाली खाना


नातिबाबु भट्ट
/ एचकेनेपाल डट कम –

कोलोराडो अमेरीका। कोलोराडोमा कृयाशील लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना बितरण गरिएको छ।

लङमन्ट नगरस्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै एकसय जना घरबारबिहिन स्थानीयहरुले नेपाली खाना दाल, भात, मासु, तरकारी र खीरको स्वाद लिई खुशी साथ खाएका थिए। खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय सहयोग र सहभागिता रहेको थियो।

आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १ बजे सम्म संचालन भएको थियो । बितरित खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयारपारी ल्याएर बितरण गरेका थिए।

खाना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजेदेखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर लगायत १४ जना सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका अध्यक्ष बिकल पराजुलीले बताए।

लङमन्ट हिमालयज् लायन्स क्लबको सकृयतामा बिगत तीन बर्षदेखि अंग्रेजी नयाँबर्ष र नेपाली नयाँ बर्षको उपलक्ष्यमा बर्षको दुई पटक स्थानीय घरवार बिहिनलाई नेपाली खाना बितरण गरिदै आएको क्लबका निवर्तमान अध्यक्ष प्रमोद श्रेष्ठले बताए। क्लबले कर्मभूमि अमेरिकामा र जन्म भूमि नेपालमा यस्ता दर्जनौं सामाजिक कृयाकलापहरु गर्दै आएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

26309