दीपिका कक्कड बिग बोस १२ की विजेता बनेकी छिन्। उनलाई आइतबार राति सम्पन्न फाइनलमा विजेता घोषित गरिएको थियो।

३२ वर्षीया दीपिकाले श्रीसन्त, रोमिल चौधरी, दीपक ठाकुर र करणबीर बोहरालाई पछि पार्दै सो उपाधि जितेकी हुन्। करणबीर बोहरा पहिलोपटक टप ५ बाट बाहिरिएका थिए। त्यस पछि हरियाणाका रोमिल चौधरी बाहिरिएका थिए। टप ३ मा दीपिका, दीपक र श्रीसंत थिए। तर बिहारका दीपक ठाकुरले २० लाखको मनी ब्याग लिएर फाइनल रेसबाट बाहिरिएका थिए। विग

बोस बिजेता दीपिकाले ३० लाख रुपैयाँ पुरस्कार पाइन्। होस्ट सलमान खानले टप ३ मध्ये दीपक ठाकुरले सबभन्दा कम भोट पाएको बताए। दीपक बाहिरिएपछि दीपिका र श्रीसंत बाँकी रहेका थिए। दुईमध्ये सर्वाधिक भोटको आधारमा दीपिका विजेता बनेकी थिइन्।

थप जानकारी भिडियोमाः



.



















Comments

comments